घोराहीमा बिए एलएलबीको पढाइ – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

घोराहीमा बिए एलएलबीको पढाइ

    मा प्रकाशित

दाङ, ३ असोज ।
दाङको घोराहीमा बिए एलएलबीको पढाइ सञ्चालन हुने भएको छ । नोभा इन्टरनेसनल कलेजले यसै वर्षदेखि बिए एलएलबीको पढाइ सञ्चालन गर्ने भएको हो । कलेजले आज बिहीवार घोराहीमा पत्रकार सम्मेलनको गरी बिए एलएलबीको पठनपाठन सुरु हुने जानकारी दिएको हो ।

राजर्षि जनक विश्वविद्यालयको सम्वन्धन प्राप्त गरेर कक्षा सञ्चालन गर्न थालेको अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रशाद खनालले जानकारी दिए । यस क्षेत्रमा कानुन विषयको पठनपाठनमा सहजताका लागि यस प्रकारको कक्षा सञ्चालन गर्न थालिएको उनको भनाइ छ । अहिले कानुनको विषयमा पढाइ नहुँदा बाहिर जानु पर्ने बाध्यता रहेको उनले बताए । बिए एलएलबीको पढाइ पाँच वर्षीय हुने उनले बताए । साथै पाँच वर्षीय कोर्सलाई दश सेमेस्टरमा सकिने पनि उनले जानकारी दिए । ५ वर्षका लागि ५ लाख खर्च लाग्ने प्रमुख खनालले बताए ।

कलेजले ४० जना विद्यार्थी अध्यापन गराउन पाउने भएको छ । विद्यार्थीहरुलाई अध्ययन संगै कमाइमा जोडिने खनालले बताए । गुणस्तरीय शिक्षाको लागि आफूहरु प्रतिवद्ध रहेको जनाएको छ । कानुन अध्यय गर्ने विद्यार्थीहरुलाई कमाइ गर्नका लागि सहकार्य गरेर अगाडि बढ्ने समेत प्रमुख खनालले बताए ।

पत्रकार सम्मेलनमा कलेजका संयोजक केशव केसी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, महासंघका सल्लाहकार डा. सुदीप गौतम, सोगतविर चौधरी लगायतकाले भनाइ राखेका थिए । पत्रकार सम्मेलन अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण बसन्तप्रसाद रिजालले गरेका थिए ।

May be an image of ticket stub and text

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्