राहत कोशमा काङ्ग्रेसले ५० लाख जम्मा गर्ने – Kanika Khabar
Saturday, October 12Nepali News Portal

राहत कोशमा काङ्ग्रेसले ५० लाख जम्मा गर्ने

    मा प्रकाशित

काठमाडौँ, १३ असोज ।
सत्ता साझेदार नेपाली कांग्रेसले सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठमा राहत कोषमा काङ्ग्रेलिे ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको बताएका हुन् । साथै सबै सांसदहरुको बाढी प्रभावितहरुलाई १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको डा. महतले जानकारी दिए।
त्यस्तै बैठकमा मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ। दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनले भने, ‘सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर १६ गते सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ। उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ।’

साथै कांग्रेस बैठकले निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु भएका सबैलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यो समग्र घटनाप्रति पार्टीले दुस्ख व्यक्त गरेको छ। यस्तै बैठकले बाढी पहिरोमा हराएका सबैको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

साथै कांग्रेसले संगठनको सय दिने अभियान स्थगन गरेको छ। बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए।

साथै उनले कोजाग्रत पूर्णिमामा कांग्रसले गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्