पूर्व राजा शाह भुटानमा, वातावरणीय संरक्षणका क्षेत्रका शिखर व्यक्तित्वका रूपमा उच्चस्तरमा अनुभवको आदानप्रदान गर्ने – Kanika Khabar
Sunday, July 20Nepali News Portal

पूर्व राजा शाह भुटानमा, वातावरणीय संरक्षणका क्षेत्रका शिखर व्यक्तित्वका रूपमा उच्चस्तरमा अनुभवको आदानप्रदान गर्ने

    मा प्रकाशित

May be an image of 10 people and textकाठमाडौँ, १७ असोज ।
पूर्व राजा ज्ञानेन्द्र शाह भुटान गएका छन् । आज बिहीबार पूर्व राजा शाह भुटान पुगेका हुन् । भुटानी राजाको औपचारिक निमन्त्रणामा आज बिहान ड्रुक एयरबाट पारो अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुँदा उनलाई भूटानी राजाको विशिष्ट अतिथिको रूपमा भुटानी अधिराजकुमारी पेमा ल्हादेन वांगचुकले स्वागत गरेकी थिइन् ।
सुत्रका अनुसार बिमानस्थलबाट सरकारी गाडीबाट राजकीय सम्मान सहित राजकीय अतिथि गृह पुऱ्याइएको थियो । अतिथिगृहमा शाही धर्मगुरूबाट अभिषेश र आशीर्वचन प्रदान गरिएको छ ।

आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।

भुटानी सरकारले २ दिन अघि भुटान नवप्रवर्तन बृहत् अन्तरराष्ट्र्रिय सम्मेलनको आयोजना गरेको थियो । मौसम परिवर्तनले नेपालमा जस्तै उच्च हिमाच्छादित भूटानलाई आर्थिक, सामाजिक, जलस्रोत, विपत् व्यवस्थापनका गम्भीर चूनौतिहरू खडा गरको छ।
शाहले वातावरणीय संरक्षणका क्षेत्रका शिखर व्यक्तित्व (World Conservation Champion) का रूपमा उच्चस्तरमा अनुभवको आदानप्रदान गर्न भुटान निमन्त्रणा गरिएको स्रोतले बताएको छ ।

May be an image of 8 people and text

नेपाली प्रतिनिधि मण्डललाई थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ योजनाको अवलोकन गराइने स्रोतले बताएको छ ।

पूर्व राजा शाह र भूटानका वर्तमान राजाका बुवा पूर्वराजा जिग्मे सिग्मे वांनचुकसॅग डेचेन छोलिंग राजप्रसादमा हुने भेटघाटलाई महत्वपूर्ण मानिएको छ।
दुवै दार्जिलिंगको सेन्ट जोसेफ कलेजका एलुम्नाई र सहपाठी पनि हुन् । तस्बिर : रमा सिंहको फेसबुकबाट

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्