एजेन्सी ।
क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्यालीको ठिक बाहिरबाट एक व्यक्ति बन्दुकसहित गिरफ्तार भएका छन्। शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्यालीबाट उनी बन्दुकसहित गिरफ्तार भएका हुन्।
अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार उनी नक्कली पास बनाएर त्यस कार्यक्रममा पुगेका थिए। लास भेगासमा ४९ वर्षीय भर्न मिलरलाई एसयुभी (स्पोर्ट युटिलिटी भेइकल) बाट गिरफ्तार गरिएको हो।
त्यहाँको कानुनी निकाय सेरिफ अफिसले घटनाले ट्रम्प र उनको कार्यक्रममा उपस्थितको सुरक्षामा कुनै समस्या नआएको जनाएको छ। मिलरलाई त्यसपछि पाँच हजार अमेरिकी डलर धरौटीमा रिहा गरिएको हो।
आइतबार त्यहाँको कानुनी निकायले गरेको जानकारी अनुसार ती व्यक्ति ट्रम्पकै समर्थक थिए। यसअघि दुई पटक आक्रमणबाट बचेका ट्रम्पमाथि हुनसक्ने अर्को आक्रमणको जोखिम देखेर उनी त्यहाँ निगरानी गरेर बसेको अनुमान छ।
औसतमा उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा ५० प्रतिशत तथा डोनाल्ड ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ।
एबिसी न्युजले थर्ड पार्टी क्यान्डिडेटलाई समेत सामेल गरेर गरेको सर्वेक्षणमा ह्यारिसको पक्षमा ५० प्रतिशत तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको थियो। राष्ट्रसितका उम्मेदवारको तुलनाको सर्वेक्षणमा भने ह्यारिसको पक्षमा ५१ तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत थिए।