बर्दिया, २८ असोज ।
बर्दियामा आइतबार राती गोली चलेको छ । जिल्ल्को गुलरिया–८ स्थित नेपाल भारत सिमानामा आइतबार राति गोली चल्दा एक जना घाइते भएका हुन्। गोली प्रहारबाट गुलरिया–८ का ४० वर्षीय बलराम लोध घाइते भएका छन् । उनीमाथि आइतबार करिब ७ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए।
गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए । घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुराइएको थियोे । उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।
गोली कसले चलायो अनुसन्धान भइरहेको छ । घाइते लोधले भारतीय वनकर्मीले चलाएको बयान दिएका छन् ।