मा प्रकाशित
कनिका खबर
साउन ७, दाङ ।
रोल्पा जिल्लाका पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ । जिल्लाको थवाङका बुढाको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार ९० वर्षको उमेरमा निधन भएको हो ।
उनको आन्द्रामा क्यान्सर भएको थियो। बुढा २०४८ सालमा रोल्पा क्षेत्रनं १ बाट संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए। जनआन्दोलन पछि भएको आम निर्वाचनमा संजमोले ९ सिट ल्याएको थियो।