प्रतिपक्षीदहरुको बैठकबाट राजेन्द्र लिङदेन र प्रभु साह बाहिरिए – Kanika Khabar
Thursday, February 13Nepali News Portal

प्रतिपक्षीदहरुको बैठकबाट राजेन्द्र लिङदेन र प्रभु साह बाहिरिए

    मा प्रकाशित

काठमाडौँ, २ कात्तिक ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बाहिरिएका छन् । समसामयिक विषयमा छलफल भन्दै डाकिएको बैठकमा केहीबेर बसेर राप्रपा अध्यक्ष लिङदेन बाहिरिएको स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार लिङदेनसँगै नेता प्रभु साह पनि बाहिरिएका छन् ।

बैठक नसकिँदै दुई नेताहरू बाहिरिएका हुन् । जारी बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका नेताहरु उपस्थित छन् ।

बैठकमा सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्