काठमाडौँ, ३ कात्तिक ।
नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि प्रतिक्रिया दिँदै ‘क्लिन चिट र सफाइ’ चलचित्र फ्लप भएपछि नयाँ चलचित्र ‘प्रतिशोध’ मञ्चन गरेको बताएका छन् ।
प्रतिक्रियामा सांसद थापाले फेसबुकमा लेखेका छन्– ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ ‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो प्रतीक्षा गरौं ।
सहकारीको बचत रकम हिनामिनाको छानबिन गर्न सांसद थापा नेतृत्वमामा बनेको संसदीय विशेष समितिले रविमाथि कारबाहीको सिफारिस गरेको थियो । तर, प्रतिवेदनपछि रास्वपाका नेताहरू र स्वयम् सभापति रविले पनि क्लिन चिट पाएको भन्दै टिप्पणी गरेका थिए। त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा शुक्रवार रवि पक्राउ परेको प्रहरीले जनाएको छ ।