कास्की, ३ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका छन्।
रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानव अधिकार चोकमा जम्मा भएर नाराबाजी सुरु गरेका छन्। प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ।
प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् ।
रास्वपाले आज काठमाडौंको माइतीघरमा पनि दिउँसो प्रदर्शन गर्न लागेको छ।