काठमाडौँ, १४ कात्तिक ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बङ्गलादेश भिड्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ । यसपटक फाइनल खेल २०२२ को साफ महिला फाइनल दोहोरिएको छ । बङ्गलादेश र नेपाल खेलको सो फाइनल बङ्गलादेशले १(० ले नेपाललाई पराजित गरेर उपाधि जितेको थियो ।
नेपाल र बङ्गलादेशबीच अहिलेसम्म कुल १२ खेल भएका छन् । जसमा नेपालले अहिलेसम्म ६ खेल जितेको छ भने एक खेल मात्र हारेको छ । त्यस्तै ५ खेलमा बराबरी खेलेको छ ।
यस फाइनल खेलमा सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेलको अनुपस्थिति नेपाली टिमलाई खड्किने देखिन्छ । रेखाको स्थानमा नेपालले सावित्रा भण्डारीसँगै रश्मी घिसिङलाई खेलाउन सक्ने देखिन्छ ।