काठमाडौँ, १६ कात्तिक ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वहरुले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले चाडपर्वले नेपाली जनताका बिच आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याउँदै आएको बताएका हुन् ।
‘विविधतायुक्त साँस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक पहिचान हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकका समृद्धिका आधार हुन् ।’ जारी सन्देशमा उल्लेख छ ।