हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई हरायाे – Kanika Khabar
Monday, December 9Nepali News Portal

हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई हरायाे

    मा प्रकाशित

दाङ, १७ कात्तिक ।
हङकङ सिक्सेस प्रतियाेगितामा नेपालले अस्ट्रेलियालाई पराजित गरेकाे छ। शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।

अस्ट्रेलियाका लागि ज्याक वूडले ५५ रन प्रहार गरे। त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले १११ रन प्रहार गरेकाे थियाे। त्यसक्रममा नेपालका सन्दीप जाेराले ५१ र लाेकेश बमले ३३ रन प्रहार गरेका थिए।

याे नेपालकाे लगातार दाेस्राे जित हाे। यसअघि नेपालले पहिलाे खेलमा इङ्ल्याण्डलाई हराएकाे थियाे। नेपाल याे खेल अगावै क्वाटरफाइनलमा पुगिसकेकाे थियाे। नेपालले शनिबार नै सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो १:३५ बजे हुनेछ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्