हट्यो पाल्पा दरबारको अँध्यारो – Kanika Khabar
Tuesday, December 10Nepali News Portal

हट्यो पाल्पा दरबारको अँध्यारो

    मा प्रकाशित

पाल्पा, २५ कात्तिक ।
पाल्पाको प्रमुख पर्यटकीय थलोका रुपमा रहेको पाल्पा दरबार सङ्ग्राहलय नेतृत्वले लामो समयदेखि गुनासो सुन्दै आयो ‘सङ्ग्राहलयमा जतिबेलै उज्यालाेको व्यवस्था किन भएन ?’ सङ्ग्राहलय नेतृत्व नाजवाफ जस्तै बन्थ्यो । सङ्ग्राहलय नेतृत्व पर्यटकहरुबाट आउने यो गुनासोले लामो समय देखि आजित बनिरहेको थियो । दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो सङ्ग्राहलय विद्युत नभएको समयमा अँध्यारिन्थ्यो । बैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन । लुम्बिनी प्रदेश सरकार मातहतको सङ्ग्राहलयमा देखिएको यो समस्या समाधान गरिदिन संग्राहलयले हारगुहार गरिरहँदा सम्म पनि समस्या टरेको थिएन ।
प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री भित्रिएपछि दरबार सङ्ग्राहलय अब जतिबेलै उज्यालो बनेको छ । मन्त्री प्रचण्ड विक्रम न्यौपानेले दरबार सङ्ग्राहलयमा तत्काल बैकल्पिक उज्यालोको व्यवस्था गर्न निर्देशन दिएलगत्तै त्यहाँ अहिले इन्भर्टर जडान भएको छ । ‘दरबार सङ्ग्राहलयमा बैकल्पिक उर्जाको कुनै पनि व्यवस्था थिएन, विद्युत नभएको समयमा सङ्ग्राहलय अँध्यारो रहने अवस्था थियो,’ सङ्ग्राहलयका कार्यकारी निर्देशक श्याम कुमार पौडेलले भने ‘सङ्ग्राहलय अँध्यारो हुँदा अनुगमनका लागि आउने पर्यटकहरुबाट लामो समयदेखि गुनासो सुन्दै आएका थियौँ, वर्तमान पर्यटन मन्त्रीज्यू समक्ष हामीले समस्याका बारेमा जानकारी गरायौँ, र तत्कालै उहाँबाट हाम्रो समस्या सम्बोधन भएको छ ।’ इन्भर्टर जडान भएपछि अहिले सङ्ग्राहलयमा अँध्यारोको समस्या दिर्घकालीन रुपमा टरेको छ ।
केहीसमय अघि मन्त्री न्यौपाने दरबार सङ्ग्राहलयको अनुगमनमा पुगेका थिए । त्यस क्रममा सङ्ग्राहलयमा बैकल्पिक उर्जाको व्यवस्था नभएका कारण समस्या रहेको गुनासो सङ्ग्राहलयले मन्त्री न्यौपाने समक्ष राखेको थियो । मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय थलो मध्यको दरबार सङ्ग्राहलयमा तत्काल बैकल्पिक उर्जाको व्यवस्था गर्न मन्त्रालय मातहतको पर्यटक परिषद्लाई निर्देशन दिएका थिए । परिषदले तत्कालै इन्भर्टर खरिदका लागि सङ्ग्राहलयलाई बजेटको व्यवस्थापन गरिदिएको थियो । लगत्तै मन्त्रालय अन्तर्गतको पर्यटन परिषदले सङ्ग्राहलयमा बैकल्पीक उर्जाको व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको थियो ।
‘पाल्पा दरबारको अनगुमनका क्रममा एक महिना अघि म त्यहाँ पुगेको बेला सङ्ग्राहलय जस्तो ठाउँमा विद्युत गएको समयमा अँध्यारो हुने समस्या रहेछ,’ मन्त्री न्यौपानेले भने ‘मैले तत्कालै इन्भर्टरको व्यवस्थापन गर्न निर्देशन दिएँ र अहिले दरबार सङ्ग्राहलयमा यो समस्या टरेको छ ।’ बैकल्पीक उर्जाको व्यवस्थापन भएपछि मन्त्री न्यौपाने केही दिन अघि मात्रै पुनः अनुगमनका लागि दरबार सङ्ग्राहलय पुगेका थिए । त्यस क्रममा संग्राहलय प्रशासनले सङ्ग्राहलय भित्र अँध्यारोको समस्या टरेको जानकारी गराएको थियो । ‘पर्यटकहरुको कसरी बढी भन्दा बढी भन्दा आगमन प्रदेशमा बढाउने र प्रदेशको आर्थिक समृद्धि गर्ने भन्ने मुख्य लक्ष्य सरकारको छ,’ मन्त्री न्यौपानले भने ‘तर पर्यटकहरुलाई आकर्षित गर्ने यस्ता महत्वपूर्ण पर्यटकीय थलोहरुमा समस्या छन्, यी सबै समस्या समाधान गरेर पर्यटकहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने योजनाका साथ हामी लागेका छौँ ।’ उनले अन्य पर्यटकीय स्थलहरुमा समेत देखिएका साना तथा ठुला समस्या समाधानका लागि सक्रिय रुपमा लागेको समेत बताए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्