कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु – Kanika Khabar
Friday, December 5Nepali News Portal

कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

    मा प्रकाशित

कालिकाेट, २५ कात्तिक ।

कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएकाे कालिकाेटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।

दुर्घटनामा परेकाहरूकाे परिचय भने खुलेकाे छैन। आइतबार दिउँसाे साढे २ बजे २० जना यात्रु बाेकेकाे जिप दुर्घटनामा परेकाे हाे। जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ।

अहिले त्यहाँ उद्धार कार्य भइरहेकाे छ भने थप विवरण आउन बाँकी छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्