विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने – Kanika Khabar
Monday, December 9Nepali News Portal

विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने

    मा प्रकाशित

दाङ । दाङको घोराही ७ सौडियारस्थित श्री माध्यमिक बिद्यालयमा विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकहरूका लागि पनि जंकफुड निषेध गरिएको छ। जंकफुड खाएर विद्यार्थीहरू धेरै अस्वस्थ् हुन थालेपछि विद्यालयमा बिब्यस, शिक्षक र बिद्यार्थी क्लबकै अगुवाइमा जंकफुड निषेध गरिएको हो।

अहिले विद्यार्थी तथा शिक्षकहरूले खाजा घरबाट नै बोकेर ल्याउन गरेको छन्, भने विद्यालयमा मात्र नभई घरमा पनि विद्यार्थीहरूले खाएको थाहा पाए कारबाही गरिन्छ।
विद्यार्थिहरुले विद्यालयमा यो नियम लागू भएसँगै सबैलाई राम्रो लागेको बताएका छन । जंकफुड खाँदा एकातिर स्वास्थ्यमा असर गर्ने र अर्कोतर्फ पैसा पनि खर्च हुने हुँदा विद्यालयमा यो नियम लागू भएसँगै अहिले घरबाट नै बनाएर खाजा ल्याउने गरेको बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेको भनाइ छ।

उनले भने,‘पहिला विद्यालयमा खाजा खानको लागि घरबाट पैसा मागेर ल्याउनु पर्दथ्यो। चाउचाउ, बिस्कुट लगायतका चिजहरु खाइन्थ्यो। तर, अहिले घरैबाट खाजा बनाएर ल्याउने गरेका छौँ। यो निमय लागू भएसँगै अहिले पैसा पनि बचत भएको छ, भने स्वास्थ्यमा पनि फाइदा भएको छ।’

बाहिरको खाजा खाँदा धेरै विद्यार्थीहरू बिरामी भएपछि विद्यार्थीहरू र विद्यालयको छलफलबाट जंकफुड निषेध गरिएको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए ।

विद्यार्थीहरूलाई मात्र यो निषेध गरेर नहुने भन्दै शिक्षकहरूलाई पनि विद्यालयमा खान निषेध गरिएको र घर मै बनाएको खाजा ल्याउन गरेको उनको भनाइ छ।

उनले भने, ‘पहिला विद्यालयमा आयो, चाउचाउ, पानीपुरी, चटपटे धेरै खान्थे। तर,अहिले हामी सबै विद्यार्थीले घरबाट नै खाजा बनाएर ल्याउन भनेका छौ, निर्णय पनि गरेका छौ। रोटी तरकारी, चना, मकैका खाजा लगायतका खाजा शिक्षक र बिद्यार्थीले ल्याउने गरेका छन। अहिले विद्यार्थीहरु पनि खासै बिरामी भएका छैनन्।’ उनका अनुसार पहिला विद्यार्थीहरु धेरै बिरामी हुने गरेका थिए। जसका कारण पनि विद्यालयमा यो नियम लागू गरिएको हो। यसले गर्दा अहिले सबैलाई राम्रो भएको छ।

यस्तै उनले विद्यालयमा यो विद्यार्थीहरुलाई मात्र लागू गर्दा र शिक्षकहरुलाई नगर्दा प्रभावकारी नहुने भएको हुँदा विद्यार्थी र शिक्षकहरुलाई समेत निषेध गरिएको छ। यदि कसैले खाएको पाइएमा कारबाही गरिने गरेको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो विद्यालयमा यो नियम लागू भएदेखि नै अभिभावकहरु पनि खुशी हुनु भएको छ। छोराछोरीहरुले खाजा, नास्ता खाने भन्दै सधैँ पैसा मागेर ल्याउने र उनीहरुले विद्यालयमा जंकफुड खाने हुँदा स्वास्थ्य र पैसाको नोक्सानी भएको थियो। अहिले घरैबाट आफैले ल्याएर खादा पैसासँग स्वास्थ्यमा पनि फाइदा पुगेको छ।

पछिल्लो समय जंकफुडका कारण मानव स्वास्थ्य गम्भिर समस्या देखिरहेको अवस्थामा र विद्यालयमा पनि धेरै विद्यार्थीहरू बिरामी हुन थालेपछी यो निषेध गरिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले बताए। विद्यालयमा यो निमय लागू भएदेखि अभिभावकहरू पनि खुशी भएको र विद्यार्थीहरू पनि बिरामी नहुने गरेको उनको भनाइ छ।
विद्यालयमा यो निमय लागू भएपछि अभिभावकहरु पनि धेरै खुशी भएको समेत उनले बताए। उनले भने,‘ धेरै अभिभावकहरुले मलाई फोन गरेर सोध्न हुन्छ। सर तपाईँले के जादु गर्नुभयो । हिजो हाम्रा छोराछोरी पैसा नलगेर विद्यालय नै जादैनथ्ये। तर, अहिले पैसा माग्दैन् , घरबाट नै नास्ता लिएर जान्छन्।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्