जुम्ला २८ कात्तिक ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन् । स्थापनाको डेढ दशकपछि आयोजना भएको प्रथम दीक्षान्त समारोहबाट प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट ५८ जना विद्यार्थी दीक्षित भएका हुन् ।
जसमा स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित भएको प्रतिष्ठानका रेक्टर डाक्टर डबल धामीले बताउनुभयो । उहाँका अनुसार पाँच जना विद्यार्थीलेले संवरण पदक पाएका छन् । कुलपति स्वर्ण पदक (बीएमएस, बिपिएच) कार्यक्रम अन्तर्गत समष्टिमा उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई प्रदान संवरण पदक वितरण गरिएको हो ।
दीक्षित भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिज्ञा समेत गराएका छन् । दीक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री,स्वास्थ्यमन्त्री,प्रतिष्ठानका कुलपतिले शुभकामना दिएका छन् ।