निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका अर्यालसँग सिआइबीले सोधपुछ गर्‍यो – Kanika Khabar
Monday, December 9Nepali News Portal

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका अर्यालसँग सिआइबीले सोधपुछ गर्‍यो

    मा प्रकाशित

काठमाडौँ, २८ कात्तिक ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका पुरूषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि सिआइबीले सोधपुछ गरेको हो ।

प्राइम टाइम टेलिभिजनमा अर्यालले अन्तर्वार्ता दिँदै अर्यालले आफू निर्मलाको हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताएका थिए ।
सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेपछि कागज गराएर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुने सर्तमा सिआइबीले छाडेको थियो।

नवराजले आफू खानेपानी विभागको सवारी चालक रहेको र कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको प्रत्यक्ष देखेको बताएका थिए ।

गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। ‘उहाँको भनाइसँग वास्तविकता मिलेको छैन। हिजो दिनभरमा ३र४ घण्टा सोधपुछ गरेर छाडेका थियौं,’ एसपी बोगटीले भने, ‘घटनाबारे बोलिएका कुराहरू काल्पनिक देखिन्छन्। तथ्यगत कुराहरू केही छैन।’

प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्