काठमाडौँ, २८ कात्तिक ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगले १५ दिनभित्र हामीले गरेको बिलअनुसारको वक्यौता नतिरे फेरि उद्योगको लाइन काटिने बताएका छन् । आज बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणले दिएको ३ महिनाको भाका सकिए पनि नेपाल सरकारले निर्देशनअनुसार १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्न कुरिरहेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेकामध्ये २८ वटा उद्योगले अहिलेसम्म एक किस्ता पनि बक्यौता नतिरेको बताएका छन् ।
घिसिङका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनमा परेका
३३९ उद्योगमध्ये अब बक्यौता तिर्न बाँकी उद्योगको संख्या ३९ वटा मात्रै रहेको बताएका छन् । त्यसमा पनि ७ वटा उद्योग प्रक्रिया अदालतको स्टे अर्डरमा रहेको पनि खुलाए ।
उनले बक्यौताका नाममा अब लाइन काट्ने, जोड्ने कुरा बन्द गर्नुपर्ने बताए । ‘अब प्राधिकरण लाइन काट्दै बक्यौता उठाउने बाटोतिर जाँदैन । हामीले अब लाइन काट्नेतिर नलागौँ भनेका छौँ’, उनले भने, ‘अहिले यो समस्या समाधानको अन्तिम चरणमा आइसकेको थियो। हामीले यस पटक पनि नेपाल सरकारको निर्देशन पालना गरेका छौँ । अब १५ दिन कुरेर थप कमद चाल्छौँ ।’
नले आफू विचलित नभएर बक्याैता उठाउने बताएका हुन्। बक्याैता उठाउन सबैले साथ दिने उनले आशा व्यक्त गरे। अब याे प्राधिकरणकाे मात्र नभएर सर्वसाधारणहरूकाे विषय पनि भएकाे उनले बताए।