शैक्षिक क्रियाकलाप सञ्चालनका लागि एक लाख सहयोग – Kanika Khabar
Monday, December 9Nepali News Portal

शैक्षिक क्रियाकलाप सञ्चालनका लागि एक लाख सहयोग

    मा प्रकाशित

तुलसीपुर । नेपाल नेत्रज्योति संघकी केन्द्रीय सदस्य एवम् आँखा अस्पताल व्यवस्थापन समितिका केन्द्रीय प्रतिनिधि सदस्य प्रा .डा .सविना श्रेष्ठवाट नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आखाँ अस्पताल बहादुरगञ्ज कपिलवस्तुलाई एकलाख सहयोग गरेकी छन । डाक्टर श्रेष्ठले अस्पतालमा शैक्षिक क्रियाकलापका लागि एक लाख रुपैयाँ सिड मनिका रूपमा सहयोग गरेकी हुन् ।

नेपाल नेत्रज्योति संघ ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, आखाँ स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवाल प्रमुख प्रशासक सम्शेर थापालाई संयुक्तरुपमा सो रकमको चेक हस्तान्तरण गरेकी हुन ।

उक्त अवसरमा अस्पताल व्यवस्थापन समितिका सदस्य रेशमवहादुर खड्का, श्यामप्रकाश आचार्य, प्रमुख प्रशासक सम्शेर थापा, छन्द कालेवावु नारायणीआखाँ स्वास्थ्यका प्रसाशकिय अधिकृत जसराज विश्वकर्मा, आखाँ स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका लेखा अधिकृत कृष्ण प्रशाद भट्टराईको उपस्थिति रहेको थियो । साथै आर्थिक सहयोग गर्ने श्रेष्ठलाई अध्यक्ष गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्