प्रथम गोर्खा हाप्किडो च्याम्पियनसिपको तयारी पूरा, शुक्रवार उद्घाटन हुने – Kanika Khabar
Monday, December 9Nepali News Portal

प्रथम गोर्खा हाप्किडो च्याम्पियनसिपको तयारी पूरा, शुक्रवार उद्घाटन हुने

    मा प्रकाशित

घोराही, २९ कात्तिक ।

दाङको घोराहीमा हुन थालेको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ को तयारी पूरा भएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले कात्तिकको ३० र मंसिरको १ गते घोराहीमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजक गोर्खा स्कुल हाप्किडो डोजाङले विहीवार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका लागि आन्तरिक व्यवस्थापन, अतिथि तथा सहभागी खेलाडीलाई पत्राचारदेखि प्रचारप्रसारको काम सकिएको हो । हाप्किडो खेल र खेलाडीलाई निरन्तर चलायनमान बनाउँदै खेलाडीको क्षमता विकास, स्थानीय स्कुलहरुमा कार्यक्रमहरू बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि आयोजना गरिएको प्रतियोगितामा नगर क्षेत्रका ३४ विद्यालयका आठ सय बढी खेलाडीको सहभागीता रहने प्रतियोगिता संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् ।

गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघको प्राविधिक सहयोगमा प्रतियोगिता घोराही उपमहानगरपालिका–१४ स्थीत गोर्खा ईन्टरनेशल स्कुलको खेल मैदानमा हुनेछ । प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा समान १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसअन्तर्गत २० केजी मुनि, २४ केजी मुनि, २८ केजी मुनि, ३२ केजी मुनि, ३६ केजी मुनि,४० केजी मुनि,४४ केजी मुनि, ४८ केजी मुनि, ५२ केजी मुनि, ५६ केजी मुनि, ६० केजी मुनि,६४ केजी मुनि,६८ केजी मुनि, ७२ केजी मुनि, ७६ केजी मुनिर ७७ केजीमाथि तौल समूहमा प्रतिष्पर्धा गर्ने संयोजक थापाले बताए ।

त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेसन पनि प्रतिस्पर्धा हुने छ । विजेता समूहले ट्रफिसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरणदाज गौतमले गर्ने भएका छन् । प्रतियोगिताको उद्घाटनका अवसरमा विहान ११ : ३० बजेदेखि घोराहीमा वृहत ¥यालीको आयोजना गरिएको र दिउँसो १ बजे उद्घाटन गरिने छ । घोराहीको लखन थापा पार्कबाट सुरु भएर बैंक रोड, ट्राफिक चोक हुँदै गोर्खा स्कुलको प्राङ्गणमा पुगेर ¥याली सकिने छ ।
प्रतियोगिता संयोजक विशाल थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गोर्खा ईन्टरनेशल स्कुलका प्रिन्सीपल मानसिंह घर्तीले खेल क्षेत्रको विकास र नयाँ प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने बताए । दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण नेपाल हाप्किडो संघकी केन्द्रीय कोषाध्यक्ष बिजया वाइवाले गरेकी थिइन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्