महायज्ञमा दाता पहिचान गर्न सबैको सहयोग आवश्यक छ : संयोजक डाँगी – Kanika Khabar
Monday, December 9Nepali News Portal

महायज्ञमा दाता पहिचान गर्न सबैको सहयोग आवश्यक छ : संयोजक डाँगी

    मा प्रकाशित

दाङ, ११ मङ्सिर।
यही मङ्सिर २१ गतेदेखि मावि सौडियारको प्राङ्गणमा सुरु हुने श्रीमद भागवत ज्ञान महायज्ञको पूर्व तयारी स्वरुप दाता पहिचान समितिको बैठक सम्पन्न भएको छ । दाता पहिचान समितिका संयोजक सौडियार निवासी भुपबहादुर डाँगीको संयोजकत्वमा गठित उपसमितिको बैठक बसेको हो ।

महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकमा बोल्दै डागीले दाता पहिचान गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै स्थानीयरुपमा शिक्षक तथा शिक्षिका, जनप्रतिनिधि, अभिभावक, पूर्व विद्यार्थी, विव्यस, सामाजिक अगुवा, राजनीतिक दल सबैले आआफ्नो तर्फबाट दाताको सुचि बनाएर समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले समुदायको साझा सम्पत्तिका रुपमा विद्यालय रहेकाले विद्यालयको हितका लागि आयोजित महायज्ञ सबै मिलेर सफल पार्नुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले पनि महायज्ञ सफल पार्न वडाले सबै जनप्रतिनिधि, स्थानीय समुदायको धेरै भन्दा धेरै सहयोग जुट्ने गरी वातावरण बनाउदै लैजान सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यस्तै पूर्व विव्यस अध्यक्ष भीमप्रकाश खड्काले महायज्ञ सफल पार्नु साझा कर्तब्य हुन आएको भन्दै आफ्नो वडामा विद्यालयको विकासका लागि हुन लागेको पुणित कार्यमा सहभागी हुन सबैमा आग्रह गर्नुभयो ।

छलफलमा घोराही ७ का वडा सदस्य तथा धान्याञ्चल उप समितिका संयोजक चिजबहादुर चौधरी, पूर्व विव्यस अध्यक्ष बुद्धिप्रकाश चौधरी सचीन, विव्यस सल्लाहकार माधब न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले दाता पहिचान गर्ने कुरामा सबैले आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वली, सहायक प्रधानाध्यापक दामोदर पाण्डेले महायज्ञको तयारीका बारेमा जानकारी दिदै प्रचार प्रसार, निमन्त्रणा पत्र बाँड्ने काम चलिरहेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्