रवि लामिछानेलाई काठमाडौं ल्याइयो – Kanika Khabar
Friday, December 5Nepali News Portal

रवि लामिछानेलाई काठमाडौं ल्याइयो

    मा प्रकाशित

काठमाडौं, १३ मङ्सिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ। सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएको हो।

उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सो सहकारीको रकम अपचलनबारे पूर्वडिआइजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्