जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख बुढाथोकी घुससहित पक्राउ – Kanika Khabar
Friday, January 17Nepali News Portal

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख बुढाथोकी घुससहित पक्राउ

    मा प्रकाशित

रौल्पा, १७ मङ्सिर ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार उनलाई घुससहित नियन्त्रणमा लिएको हो।

रोल्पा नगरपालिका–४, स्थित निवासमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सई बुढाथोकीलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनले सवारीसाधन आवतजावतमा सहजीकरण गराइदिने प्रलोभनमा घुस मागेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको आयोगले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्