नेपाल राष्ट्रिय शिक्षक संगठनले बुझायाे नगर प्रमुखलाई मागपत्र – Kanika Khabar
Friday, January 17Nepali News Portal

नेपाल राष्ट्रिय शिक्षक संगठनले बुझायाे नगर प्रमुखलाई मागपत्र

    मा प्रकाशित

दाङ, १७ मङ्सिर ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही उपमहानगरपालिका समितिले आज शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सुझाव र मागहरु सहितको २४ बुँदे मागपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएको छ ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको वषौँ बितिसक्दा पनि शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकिरहेको अवस्थामा नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालयको शिक्षाको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मुल्याङ्कन र नियमन गर्ने कार्य स्थानीय सरकारको अधिकार क्षेत्र भएको भन्दै घोराही उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर बृद्धि गर्न विभिन्न सुझाव र मागहरु समेटी मागपत्र बुझाएको हो ।

मागपत्र ग्रहण गरेपछि नगर प्रमुख चौधरीले शिक्षक संगठनले उठाएका विषयबस्तुहरु समय सापेक्ष र सृजनात्मक भएकाले तत्कालै कार्यान्वयन गर्न सकिने मागहरुलाई तुरुन्तै कार्यान्वयनमा लैजाने र नितीगत रुपमा कार्यान्वयन गर्नुपर्ने विषयबस्तुलाई नीति बनाई कार्यान्वयन गरिने बताउनुभयो । साथै शैक्षिक सुधारमा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो कर्तव्यलाई मनन्गरी उत्कृष्ट नतिजा दिनु लागिपर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही उपमहानगरपालिका समितिका अध्यक्ष पोषणराज विष्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नगरप्रमुख चौधरीलाई मागपत्र बुझाएको हो । शैक्षिक सुशासन, पारदर्शिता, अनुगमन, मुल्याङ्कन, भौतिक पूर्वाधार सुधार, शिक्षक दरबन्दी, शिक्षक तालिम, दण्ड, पुरस्कार, शिक्षक÷कर्मचारीको सेवा सुविधा तथा शैक्षिक गुणस्त्तर सुधार गर्न स्थानीय सरकारले लक्ष्य उद्देश्य र योजना निर्माणमा थप कदम चाल्नु पर्ने देखिएको बताउँदै संगठनका अध्यक्ष विष्टले एक जिम्मेवार संगठनका हैसियतले यो मागपत्र प्रस्तुत गरेको बताउनु भयो । शैक्षिक गुणस्त्तर सुधारसँग सम्बन्धित आफ्ना मागहरुलाई स्थानीय सरकारले ग्रहण गरी अविलम्ब कार्यान्वयन गर्ने अपेक्षा गरेको पनि अध्यक्ष विष्टले बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डि.सी., नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ जिल्ला अध्यक्ष मिनराज शर्मा पण्डित, पेशागत महासंघ लुम्बिनिका उपाध्यक्ष श्रीमण न्यौपाने, संगठनका निवर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत, निवर्तमान जिल्ला कोषाध्य विजय अधिकारी, नेराशि संगठन घोराहीका सचीव खिमबहादुर बुढा, सचिवालय सदस्य अशोक वली र खगेश्वर पौडेल, NNTAघोराही प्र.अ. संजालका संयोजक गिरीप्रसाद भट्टराई, सचीव कृष्ण डाँगी र कोषाध्यक्ष लिलाराज पण्डित लगाएतको उपस्थिति रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्