युवतिमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

युवतिमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ ।
काठमाडौंको बाफलमा हिजो बिहीबार बेलुका एक यसवतीमाथि एसिड प्रहार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गरेको आरोपमा दुई जनालाई नार्गजुन ४ सिर्जनसिल टोलबाट राति ११ बजेतिर पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद छन् । युवतीलाई आफूहरूले मन पराएको तर, उनले अरू नै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको उनीहरूले बताएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट घाइते युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्