जेएलसन अधिकारी अभिनित ‘द्रौपदी’को प्रदर्शन मिति तय – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

जेएलसन अधिकारी अभिनित ‘द्रौपदी’को प्रदर्शन मिति तय

    मा प्रकाशित

काठमाडौं । जेएलसन अधिकारी अभिनित ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’को प्रदर्शन मिति तय भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो फिल्म ८ चैतमा देशब्यापी हलमा प्रदर्शनमा आउने जानकारी दिएका छन ।

वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको पनि अभिनय रहेको उनले जानकारी दिए । आरबी मूभिजको ब्यानरमा निर्मित फिल्ममा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको फिल्ममा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् ।

पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको फिल्मको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारे खुलाइएको छैन । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्