रवि लामिछानेलाई वीरगञ्ज पुर्‍याइयाे, समर्थककाे नाराबाजी – Kanika Khabar
Friday, January 17Nepali News Portal

रवि लामिछानेलाई वीरगञ्ज पुर्‍याइयाे, समर्थककाे नाराबाजी

    मा प्रकाशित

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज पुर्‍याइएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ र काठमाडौँबाट बुद्ध एयरको जहाजमार्फत सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको हाे।

पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेकाे प्रकरणमा अनुसन्धान गर्न त्यहाँ लगिएकाे हो। उनलाई सिमरा पुर्‍याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए।

लामिछानेसहित १४ जनाविरुद्ध केही दिनअघि पर्सामा पक्राउ पुर्जी जारी भएको थियाे। सानो पाइलाकाे साढे ८ करोड रूपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा लगिएकाे देखिएकाे प्रहरीले जनाएकाे थियाे।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।

उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा भइरहेकाे छ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्