जाजरकोट, २७ मङ्सिर ।
जाजरकोटमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–३ कटकेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको नम्बर नखुलेको गाडी बिराखोलामा झरेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटनामा चालक इन्द्रजित थापासहित शारदा थापा, शिला पुन र लक्ष्मी पुनको मृत्यु भएको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटाका डिउटी अफिसरले बताएका छन् । लक्ष्मी पुनको एक महिनाको छोरा बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको घटनास्थलमा रहेका प्रहरीले बताएका छन् ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।