रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे – Kanika Khabar
Friday, January 17Nepali News Portal

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

    मा प्रकाशित

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएकाे छ।

अनुसन्धानका लागि पुनः म्याद थप्न उनलाई बिहीबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएकाे हो।

पछिल्लो पटक चार दिनको म्याद थपिएको थियो। उक्त म्याद आज सकिँदैछ। लामिछाने झण्डै दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन्।

रविलाई पर्सामा बयान गराएर हिजो हवाई मार्गबाट काठमाडौँ हुँदै पोखरा लगिएको थियाे। सडकमार्गबाट वीरगञ्ज लगिएका जोशीलाई अस्ति फर्काएको हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्