सुदीप वली
नारायणपुर, २७ मङ्सिर ।
दाङको नारायणपुरमा पुष्पाञ्जली पूजा पसलको उद्घाटन भएको छ । आज बिहीबार जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा पुष्पाञ्जली पूजा पसलको उद्रघाटन भएको हो ।
पसलको उद्घाटन नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतले गरेका हुन् । पसलको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले नारायणपुर क्षेत्रमा बजार बिस्तार हुनुका साथै पसलका प्रकृतिमा समेत बिस्तार भएको बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा नारायणपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष महेन्द्र दाहालले नारायणपुर क्षेत्रमा बजार बिस्तार तथा व्यापारमा विविधता ल्याउन आवश्यक रहेको बताए ।
पूजा पसल नारायणपुर उद्योग वाणिज्य संघका सदस्य सुरेन्द्र आचार्यले सञ्चालन गरेका हुन् ।