न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ
पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्व सहित जन्मकैदको सजायबाट सहुलियत दिने न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । नागरिक आवाजका नाममा प्रदर्शन गरिएको हो । प्रर्दशन गर्ने समूहले सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका रञ्जन कोइरालालाई उन्मुक्तिको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाऊन आग्रह गरेका छन् । कोइरालालाई दिइएको सजाय सहुलियत प्रति सामाजिक सञ्जालमा आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सो मुद्दामा फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग गरेका छन् । यस्तो माग गर्नेहरुमा पूर्वप्रधानमन्त्री र सांसद लगायत सत्तारुढ र विपक्षी पार्टीका नेताहरु समेत रहेका छन् । २०६८ सालमा श्रीमतीको हत्या गरी शव समेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो । जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो । जसकारण, कोइराला हिजो कारागारबाट घर फर्केका छन् । यसको चौतर्फि बिरोध भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्