कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने – Kanika Khabar
Monday, April 13Nepali News Portal

कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ
राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले सीआइएनसँग बताउनुभयो । उहाँले कक्षा ११ को परीक्षा सञ्चालनको मूल्यांकनको जिम्मा विद्यालयलाई दिएको बताउनुभयो । परिक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन र नतिजा प्रकाशनका लागि हिजो कार्यविधि जारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले असार १९ गते परीक्षा सञ्चालन र प्रमाणीकरणको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको थियो । यसअघि कक्षा ११ को लिखित परीक्षा बोर्ड र प्रयोगात्मक परीक्षा विद्यालयले सञ्चालन गरेर बोर्डले प्रमाणपत्र जारी गर्दै आएको थियो ।

कक्षा ११ मा भर्ना भएर ७० प्रतिशत हाजिरी भएका विद्यार्थी विद्यालयले सञ्चालन गर्ने परीक्षामा सहभागी हुन पाउनेछन् । उनीहरूको रजिस्ट्रेसन भने बोर्डमा भराउनुपर्नेछ । विद्यार्थीको नतिजा भने अनिवार्य रूपमा बोर्डमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । कक्षा ११ का सबै विषयमा सैद्धान्तिक तर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ न्यूनतम ‘सी ग्रेड’ प्राप्त गरेका विद्यार्थीले मात्र कक्षा १२ को परीक्षा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस वर्ष कक्षा ११ मा पाँच लाख २४ हजार परीक्षार्थी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्