मा प्रकाशित
केशव थापा
तिम्रो आँगनमा उभिएर
माटोलाई कपी बनाउँदै
धरहराजत्रो कलममा
पसिनाको मसी भरेर
कहिले लेख्छौ ?
समर्पणको एउटा उज्यालो विधेयक
र, कहिले पारित गर्छौ भुइँको ऐन ?
संसद भवन !
स्वंयम्भुका आँखा सापटी मागेर
नआत्तेर हेर्नू र मुटुले पढ्नू है
तिम्रै अघि आत्मदाह गर्नेको आत्मकथा
ए संसद भवन
तिमीमाथि उड्ने चराजस्तै सम्झनू मान्छेलाई
बेलुन सम्झेर नउडाउनू है मान्छेलाई
मान्छेले तिमीलाई बनाएको हो
नबिर्सनू है !
संसद भवन
पसे भने मान्छेको जुलुस
के हुन्छ होला राम्ररी ख्याल गर्नू !!!