‘साली हो वरको छायाँले….’ को रिमेक भर्सन सार्वजनिक (भिडियोसहित) – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

‘साली हो वरको छायाँले….’ को रिमेक भर्सन सार्वजनिक (भिडियोसहित)

    मा प्रकाशित


काठमाडौँ, १४ पौष ।
‘साली हो वरको छायाँले…’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । आज आइतबार श्री इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

२०५९ सालमा ‘पिपल बोटैमा’ एल्बममा समावेश गरिएको गीतलाई रिमेक गरिएको छ । रिमेक भर्ससनमा गायक श्री चौधरी र बाल गायिक सुरक्षा बाँठा मगरले स्वर दिएका छन् । गीतमा प्रकाश प्रिय कुशुम्याले सङ्गीत दिएका छन् भने आदिम के.सीको रचना रहेको छ ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन रत्गैयाले एरेन्ज गरेका छन् । भिडियो सम्पादन भोजराज थापाले गरेका छन् ।

२०५७ सालमा सार्वजनिक भएको साली हो वरको छायाँले बालको गीतमा माधव चौधरी ‘अनुरागी’, सालिकराम चौधरी ‘सौगात’ र पवित्रा घर्ती मगरको स्वर रहेको थियो । शब्द रचना आदिम के.सी र सङ्गीत प्रकाशप्रिय कुशुम्याको रहेको छ । रिमा रेकर्डिङमा रेकर्ड भएको गीतलाई सुसेली सङ्गीतले बजारमा ल्याएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्