‘क्याफे कविता’ मा झुम्यो कोहलपुर – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

‘क्याफे कविता’ मा झुम्यो कोहलपुर

    मा प्रकाशित

कोहलपुर । पुस २० गते दिउँसो तीन बजे कोहलपुर दशबिघामा रहेको ममः बार एका(एक साहित्यकारहरूले भरियो । वरपरका स्थानीय अचम्म मान्दै चहलपहल हेरिरहेका थिए । एकैछिनमा गितारको सुमधुर सङ्गीसँगै कविहरूका सशक्त कविताले हल गुञ्जिन थाल्यो । कार्यक्रममा औपचारिकताको तामझाम गरिएन । संस्थाका तर्फबाट अध्यक्ष पुष्कर रिजालले कविहरूलाई माला र खादाले सम्मान गरेपछि छोटो स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रकाश मरासिनीले गरे । त्यसपछि सोझै कविता वाचन ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा क्याफे कविताको पहिलो शृङ्खला कोहलपुरमा सम्पन्न भएको छ । कार्यक्रममा कैलालीका कवि महेश दोस्ताज र कोहलपुरकी कवि प्रतिभा प्रक्षिप्तले आफ्ना छ छ वटा कविता पालैपालो सुनाउनुभएको थियो । मानवीय संवेदनाले भरिएका कविताले युग संवेदनालाई समेत नजिकबाट छोएका थिए ।


कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, प्रा।डा। जनार्दन आचार्य, साहित्यकार किरण आचार्य, इन्द्र बस्नेत, ईश्वरी रिजाल, हरि सुवेदी, सागर गैरे, विष्णु बेलबासे, खोपीराम वली, देवकी निरौला, नवीन अभिलाषी, वीपी अस्तु, वीरेन्द्र शाही, हुकुम धड्कन, भीम रोकाय, खेम बगर, विष्णु पादुका, इन्दिरा गौतम, पुर्मल बस्नेत, नमिता बराल, चन्द्रावती अधिकारी, मणि गैरे, लगायत ६ दर्जन जति साहित्यकार र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रम निकै नौलो, प्रभावकारी र सानदार रहेको प्रतिक्रिया दिए । आफूहरूले प्रतिभा भएका कविहरूलाई हौसला दिने र साहित्यबाट समाजलाई युग र जीवन देखाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको प्रतिक्रिया अध्यक्ष पुष्कर रिजालले दिए । कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्