मौवाखोलामा साना सवारी चल्न थाले – Kanika Khabar
Friday, April 19Nepali News Portal

मौवाखोलामा साना सवारी चल्न थाले

    मा प्रकाशित

बाबुराम श्रेष्ठ
साउन १०, धादिङ ।
गत सोमबार अविरल वर्षासँगै आएको बाढीले चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलको जिप भत्किएपछि पूर्णरुपमा बन्द भएको पृथ्वीराजमार्ग पुन सञ्चालनमा आएको छ । बर्षाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मौवाखोलास्थित पृथ्वी लोकमार्ग जोड्ने पुल छेउको सडक खण्ड खोलाले कटान गरी भत्किएको सडकमा नेपाली सेनाले ग्याबिन जाली भरेर मर्मत गरेपछि हिजोबाट मोटरसाइकल र स–साना कारहरु सञ्चालनमा आएका हुन् । मौवाखोलाको पुल र सडक जोड्ने १२ मिटर भाग नेपाली सेनाले ग्याबिन जाली राखी सडकको मर्मत गरेका थिए । मौवाखोलाको पुल अवरुद्ध भएपछि पुलनिर्माणको काम भइरहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख नेत्र प्रसाद भट्टले सीआइएनलाई जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्