सातौँ संस्करणको मेयर कप फुटबलको उपाधिका बडा नम्बर १३ ले जित्यो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

सातौँ संस्करणको मेयर कप फुटबलको उपाधिका बडा नम्बर १३ ले जित्यो

    मा प्रकाशित

घोराही ।सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका वडा नम्बर १३ ले जितेको छ।

घोराही १८ नवलपुर फुटबल मैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हाे ।
वडा नम्बर १३ लाई जित दिलाउन रेवन बुढा र प्रमाेद बुढाले १-१ गाेल गरे ।
हजारौं दशर्ककाे उपस्थिति रहेकाे फाईनल खेल मा वडा नम्बर १३ ले अग्रता बनाउँदै खेलमा दवाव राख्दै अन्तिम समयमा अर्काे गाेल थपेर उपाधि हात पारेकाे हाे।

कुल ३९ खेल भएको प्रतियोगितामा उपाधि जितेको वडा नम्बर १३ ले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको वडा नम्बर १५ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १३ का सुगम पुन हुनुभयो । उत्कृष्ट प्रशिक्षक वडा नम्बर १३ का इराक घर्ती, उत्कृष्ट गाेल रक्षक वडा नम्बर १३ कै भीम पुन, उत्कृष्ट मिड फिल्ड वडा नम्बर १३ का प्रमाेद बुढा, उत्कृष्ट रक्षापंक्तिमा वडा नम्बर १३ कै उज्वल कुमार चाैधरी हुनुभयो ।
यसैगरी, प्रतियोगिताभर खेलेको खेलका अाधारमा वडा नम्बर १५ का सुशील बानियाँ सर्वाधिक गाेलकर्ता बन्नुभएकाे छ । उहाँले कुल १४ गाेल गर्नुभयाे । वडा नम्बर १५ का जीवन बुढाथोकी उत्कृष्ट फरवार्ड हुनुभयो । प्रतियोगितामा सहभागी कुल १८ टीम मध्ये अनुशासित टीम वडा नम्बर १ बनेकाे छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता अन्तरगत पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको थियाे । फाईनल खेलमा भएको दुई गाेलसँगै कुल ३९ खेलमा कुल १ सय ८८ गोल भएको छ ।

घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले मेयर कप फुटबलको उपाधि जितेको थियो ।

यसअघि सेमिफाइनलमा वडा नम्बर १३ ले वडा नम्बर ६ लाई तथा वडा नम्बर १५ ले १४ लाई हराउँदै फाईनलमा प्रवेश गरेका थिए ।
याे वर्ष उपाधि जितेसँगै वडा नम्बर १३ तीन पटक उपाधि जित्न सफल भएको हाे । २०७५ सालदेखि शुरु भएको मेयर कप फुटबल प्रतियोगितासँगै पालिकाले नगर खेलकुद विकास समिति गठन गरेर वार्षिक कार्यतालिका बनाएर खेल आयाेजना गर्दै अाएकाे नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्