दाङ, २५ पौष ।
आगामी माघ १५ गते देखि सुरु हुने तुलसीपुर नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ को तयारी तीव्र पारिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर मावि उरहरीको संयोजनमा उरहरी खेल मैदानमा संचालन हुने प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन यतिबेला आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खेलमैदान मर्मत, आवास तथा भोजन, सुरक्षा,आतिथ्य सत्कार, झाकी जुलुस, सांस्कृतिक कार्यक्रम,स्काउट तथा जुरेस, मार्चपास लगायतका सबै प्रकारका तयारी लाई तीव्र पारिएको प्रतियोगिता मुल आयोजक समितिका सदस्य सचिव तथा अमर मावि उरहरीका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिनुभएको छ ।
तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगितालाई कसरी भव्य एवम् सभ्य तरिकाले ऎतिहासिक बनाउन सकिन्छ भन्ने उद्देश्य ले संयोजनको जिम्मा पाएको अमर माद्यामिक बिधालय ले बृहत भेला मार्फत मुल आयोजक समितिको मातहतमा रहने गरी विभिन्न उपसमिती गठन गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा विभिन्न टोल विकास संस्था, स्थानीय सुरक्षा निकाय, संघसंस्था तथा बुद्धिजीवी सहभागी भेलाले आफ्नो तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरेको प्रधानाध्यापक वलीले बताउनु भयो ।
भेलाले मान बहादुर रावतको संयोजकत्वमा सुरक्षा ब्यवस्थापन, शिक्षक देव बहादुर वलीको संयोजकत्वमा मञ्च ब्यवस्थापन, डम्बर भण्डारीको संयोजकत्वमा खेलकुद सञ्चालन, निर्मल कुमार वलीको संयोजकत्वमा स्वंयमसेवक परिचालन, रीता चौधरीको संयोजकत्वमा सांस्कृतिक, यज्ञ बहादुर अधिकारीको संयोजकत्वमा प्रमाण पत्र तयारी तथा व्यवस्थापन, शुष्मा भण्डारीको संयोजकत्वमा स्काउट तथा जुरेस व्यवस्थापन, देव नारायण भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन, जागेश्वर भन्डारीको संयोजकत्वामा चुट्टका भजन, चुर्ण बहादुर रावतको संयोजकत्वमा आर्थिक संकलन समिति, टिकाराम न्यौपानेको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति गठन गरिएको हो ।
भेलामा बोल्दै प्रमुख अतिथि रावतले यस वर्षको रनिङ शिल्ड ऎतिहासिक हुने बताउनुभयो । उहाँले अमर मावि उरहरीले रनिङ सिल्ड सञ्चालन गर्ने जिम्मा पाउनु सिङ्गो वडा न ११ को सान र गौरव भएकाले प्रतियोगिता लाई भब्य एवं सभ्य बनाउन सबैको सहयोग उत्तिकै खाचो रहेको बताउनु भयो । साथै खेलाडी,अतिथिलाई खाना र आवास सहित साँझ सांस्कृतिक कार्यक्रमको ब्यवस्था यस वर्षको रनिङ सुल्डमा आयोजना गरिएको उहाँले बताउनु भयो ।
भेलामा नेपाली कांग्रेसका हेम बहादुर वली, नेकपा एमालेका सोमिलाल चौधरी, माओवादीका गजाधर चौधरी, रास्वपाका पवित्रा केसी, विद्यालय व्इवस्थापन समितिका पुर्व अध्यक्ष लोकजङ शाह, स्वास्थ्य चौकी बेलटाकुराका चित्र बहादुर वली, खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगायतले बोल्नुभएको थियो ।
भेलाको सहजीकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गर्नुभएको थियो ।
मा प्रकाशित