रापती समाज काठमाडौंको अध्यक्षमा दाङका गोविन्द – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

रापती समाज काठमाडौंको अध्यक्षमा दाङका गोविन्द

    मा प्रकाशित

काठमाडौँ । रापती समाज काठमाडौंको अध्यक्षमा दाङका गोविन्द मधुर आचार्य चयन भएका छन् । समाजको १८औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट गायक तथा संगीतकार आचार्य अध्यक्ष पदमा चयन भएका हुन् ।

‘सबैको विश्वास, सबैको भर– राप्तीवासीको साझा घर’ भन्ने मूल नाराका साथ स्थापित भएको रापती समाज काठमाडौंले नया कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी, उपाध्यक्षहरूमा मोहनलाल डाँगी र माधवी रेग्मी, महासचिवमा गायत्रा कुमारी विसी, सचिवमा सिर्जु अधिकारी, कोषाध्यक्षमा सोनी पाण्डे थापा, र सहकोषाध्यक्षमा वेदप्रसाद भट्टराई रहेका छन्।

त्यस्तै सदस्यहरुमा देवराज आचार्य, प्रेमराज लामिछाने, लोकबहादुर रसाइली, बिमला पौडेल, रिता केसी, मीना बस्नेत, पूर्णबहादुर पुरी, बिमला भुसाल, सरस्वती देवकोटा, सुमित्रा पाण्डे निर्वाचित भएका छन् ।
समाजले रापती क्षेत्रको कला, साहित्य, संगीत, संस्कृति, पर्यटन, र सामाजिक उत्थानमा सशक्त भूमिका खेल्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्