माघीले सद्भाव र सदाशयता कायम गरोस् : दाङ काङ्ग्रेस – Kanika Khabar
Friday, February 14Nepali News Portal

माघीले सद्भाव र सदाशयता कायम गरोस् : दाङ काङ्ग्रेस

    मा प्रकाशित

माघ १, दाङ ।
आजको दिन माघी पर्वको दिन रहेको छ । आज थारु सम्वत २६४८ पनि परेको छ । साथै थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्दछन् ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठुलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।
बेलुका घरमा ठुला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।
कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।
धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

यसैबीच माघी पर्व तथा थारु सम्वत २६४८ को अवसरमा शुभकामना व्यक्त गरेको हो । अवसरमा नेपाली काङ्ग्रेस दाङले शुभकामना व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शंकर डाँगी र सचिव अर्जुन योगीले एक विज्ञप्ति जारी गरी शुभकामना प्रदान गरेका हुन् । माघी पर्वको अवसरमा सम्पूर्ण दाङवासीमा शुभकामना प्रकट गर्दै जारी गरिएको विज्ञप्तिमा थारु समुदायको नयाँ वर्षको रुपमा रहेको माघी पर्वले सद्भाव कायम गर्ने शुभेच्छा प्रकट गरिएको छ । ‘थारु समुदायको नयाँ वर्ष तथा महान पर्व माघीले सद्भाव र सदाशयता कायम गर्दै सबैमा भाइचाराको सम्बन्ध कायम गरोस् ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे र सचिव हरिहर शर्मा, १ (क) का सभापति श्रीपत चौधरी र सचिव माधु सापकोटा १ (ख) का सभापति दिनेश गिरी र सचिव लालबिर खड्का, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का र सचिव आरके शीतल, नेपाली काङ्ग्रेस प्रदेश २(१) का सभापति प्रकाश श्रेष्ठ र सचिव शिशिर अधिकारी, प्रदेश २(२) का सभापति अभियान बस्नेत र सचिव तिलक केसी, क्षेत्र नम्बर ३ का सभापति जगत खड्का सचिव पूर्ण केसी, ३ (क ) का सभापति देबेन्द्र रिजाल र सचिव तेजबहादुर डाँगी ३ (ख ) का सभापति खिम बहादुर वली र सचिव भद्र खड्काले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी शुभकामना दिएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्