छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को मुल आयोजक समिति गठन – Kanika Khabar
Friday, February 14Nepali News Portal

छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को मुल आयोजक समिति गठन

    मा प्रकाशित

गोविन्द खड्का
घोराही, १ माघ

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन दुईदेखि १८ गतेसम्म हुने छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को मुल आयोजक समिति गठन गरिएको छ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपसमिति पनि गठन गरेको सचिव विकास वलीले जानकारी दिनुभयो।

मुल आयोजक समितिको संयोजकमा संघका अध्यक्ष वसन्त जोशी रहनुभएको छ। यसैगरी, आर्थिक समिति संयोजक निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, अतिथि सत्कार समिति संयोजक पूर्व अध्यक्ष नारायणप्रसाद भुसाल, संघ संस्था समन्वय समिति संयोजक पूर्व अध्यक्ष हेमराज बन्जाडे, मूल्यांकन तथा अनुगमन समिति संयोजकमा पूर्व अध्यक्ष मधुसूदन वैद्य रहनुभएको छ।

यसैगरी, सह–संयोजकमा नरेश कुमार श्रेष्ठ, धुर्वकुमार गहतराज, लिलाराम खड्का र महेन्द्र बुढाथोकी रहनुभएको छ।

यसैगरी, प्रचार–प्रसार उपसमितिमा संयोजक युवराज पोख्रेल, खानेपानी तथा सरसफाइ उपसमिति नोर्बु तामाङ लामा, स्टल व्यवस्थापन विकास वली, मञ्च व्यवस्थापनमा रुद्र शर्मा जैसी, कृषि तथा धार्मिक विष्णुप्रसाद रिजाल, स्वयंसेवक परिचालन विक्रम राना, आर्थिक व्यवस्थापन जगत आचार्य, बाल उद्यान पुष्करराज न्यौपाने, भोजन तथा आवास दीपक पण्डित, महिला उद्यमी तथा प्राथमिक उपचार लिला नेपाली, आर्थिक तथा टिकट माधव खनाल, सुरक्षा व्यवस्थापन रामप्रसाद पोख्रेल, शोभायात्रा निमबहादुर बुढाथोकी, भौतिक निर्माण र साहित्य सुरज बुढाथोकी, पर्यटन व्यवस्थापन जुद्धबहादुर घर्ति, पार्किङ व्यवस्थापन युवराज पन्त र जनसम्पर्क समन्वयमा ऋषि पोख्रेल संयोजक रहनुभएको छ।

महोत्सवका सल्लाहकारहरूमा भरत बुढाथोकी, रामदयाल गुप्ता, माधवप्रसाद शर्मा, धुर्वराज श्रेष्ठ र चन्द्रराज पन्त रहनुभएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्