प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा एमाले नेता कार्की निलम्बित – Kanika Khabar
Friday, February 14Nepali News Portal

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा एमाले नेता कार्की निलम्बित

    मा प्रकाशित

काठमाडौँ, २ माघ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा एमाले नेता तथा कोशी प्रदेशका पूर्व सांसद बिमल कार्की निलम्बनमा परेका छन् । नेता कार्की ६ महिनाका लागि निलम्बनमा परेका हुन् ।
पछिल्लो चरणमा प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सार्वजनिक रूपमा आवाज उठाउने नेता–कार्यकर्ता कारबाहीमा पर्ने क्रम जारी छ।

पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

ओली समूहकै नेता भए तापनि कार्की प्रदेश सभामा जनसरोकारका मुद्दा उठाइरहने सक्रिय सांसदमध्ये पर्छन्।

एमाले प्रदेश संसदीय दलको सचेतक पनि भएका उनी उदयपुर एमालेका पूर्व उपाध्यक्ष समेत हुन्। तर अहिले उनी कमिटीविहीन अवस्थामा थिए।

अध्यक्ष ओलीविरूद्ध फेसबुकमा लेखेको आधारमा कारबाही भोग्ने नेताहरूको सूचिमा अहिले कार्कीको नाम पनि थपिएको छ।

यस्ता छन् कार्कीले लेखेका स्टाटस

१. २०४८ को आम चुनाव र ०५१ को मध्यावधी निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित सान्सद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन भनेर नेपाली राजनितिमा चासो राख्ने सबैले एकिनका साथ भन्दछन ।
तर तात्कालिन झापाली सान्सद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्तावेजहरुमा खडग प्रसाद ओलि भनेर लेखिएकोछ । अनि अहिलेका प्रमको भनेर सामाजिक सन्जालमा भाइरल बनेको नागरिकता सम्वन्धी भिडियोमा के.पि. शर्मा (ओलि) भनेर लेखिएको छ ।
मैले बुझ्न चाहेको कुरा :-
एउटै मान्छेले दुई वटा नागरिकता प्रयोग गरेको हो कि नागरिकता जस्तै मान्छे पनि फरक फरक नै हुन ????
कसैले तथ्य सहित बुझाइ दिनु हुन्थ्यो कि ।
May be an image of 1 person and text
२. अध्यक्षज्यु, स्पष्टीकरण हामिलाई सोध्ने कि तपाईंले अब अदालतलाई दिने ?? जवाफ चाहियो !
नैतिकता छ भने अध्यक्ष पदबाट राजिनामा दिनुहोस
३.

के स्पष्टीकरण सोध्छौ ???
ब्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो । यस्तो कार्यले जनताप्रती उत्तरदायी राजनितिलाइ स्खलित बनाउछ । यो कार्यले देशभरिका एमालेजनको भावना माथी कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ ।
त्यसैले यस्तो कार्यको हामिले बिरोध गरेकै हो । तिमिले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको बिरोध गरि नै रहन्छौ ।
May be an image of text
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्