खेलकुद राष्ट्रको सान र गौरव : नगर प्रमुख खड्का – Kanika Khabar
Friday, February 14Nepali News Portal

खेलकुद राष्ट्रको सान र गौरव : नगर प्रमुख खड्का

    मा प्रकाशित

तुलसीपुर, ३ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को आयोजनामा तेस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । तुलसीपुर–३ रानागाउँको सुकिदहमा सुरु भएको प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले गरेका हुन् ।

खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले खेलकुद राष्ट्रको सान र गौरव भएको बताएका छन् । खड्काले मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद सिङ्गो राष्ट्रको पहिचान अन्तरास्ट्रिय स्तरमा स्थापित गराउने एक दरिलो माध्यम भएको बताए ।

उनले वडाको आयोजनामा हुने वडा अध्यक्ष कप प्रतियोगीताबाटै दक्ष खेलाडी उत्पादन गरि मेयर कप तथा तुलसीपुर क्षेत्रका खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने गरी दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको बताए । प्रमुख खड्काले स्थानीय स्तरमा खेललाई प्रवद्धन र व्यवस्थापन गर्नका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने गरेको बताए ।

उनले खेलले मानिसलाई अनुशासित र स्वस्थ बनाउने भन्दै वडा नम्बर ३ खेलाडीहरुको खानी भएको बताए । ‘यस्तो क्षेत्रमा प्रयाप्त खेलमैदान रहेछ यसको उचित व्यवस्थापन गरि दक्ष खेलाडी उन्त्पादन गर्न सवै लाग्नु पर्छ –उनले भने । वडाध्यक्ष विरबहादुर वि।कको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता उद्घाटनमा बोल्दै अध्यक्ष विकले रानागाउँमा पहिलो पटक वडाध्यक्ष कप फुटवल प्रतियोगिता आयोजना गरेको भन्दै यस प्रतियोगिता बाट छनोट हुने खेलाडीहरु मेयर कप प्रतियोगिता खेल्ने बताए । उनले वडा नम्बर ३ का विभिन्न टोलमा रहेका खेलाडीहरुविच प्रतिस प्रर्दा हुने बताए ।

‘यस वडाका ७–८ वटा टिमविच प्रतिस्पर्धा हुनेछ यसबाट छनोट हुने २५ जना खेलाडीहरु मेयरकप प्रतियोगतामा भाग लिने छन् । वडा सदस्य शान्ता रानाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य राजेन्द्र गुरुङले गरेका थिए । प्रतियोगिता उद्घाटनमा तुलसीपुर– ३ रानागाउँको लाखेनाच, मयूर नाच तथा विभिन्न टोलबाट आमा समुहले झाँकी प्रर्दशन गरेका थिए । खेल लिकचरणमा खेलाइने दाङ जिल्ला फुटवल संघका पूर्व अध्यक्ष सुसिल श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्