आज ६ विपक्षी दलको बैठक बस्दै – Kanika Khabar
Friday, February 14Nepali News Portal

आज ६ विपक्षी दलको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, ४ माघ ।
सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका ६ विपक्षी दलको बैठक आज शुक्रबार पनि बस्दै छ। बैठक आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बस्ने स्रोतले जनाएको हो।

बैठकपछि दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेको विपक्षी दलहरूले जानकारी दिएका छन्।

बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

बैठकले सरकाले सदन छलेर अध्यादेशमार्फत् शासन गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेको थियो। सदनमा विचाराधीन विधेयक पनि अध्यादेशकारूपमा जारी गरिनु गैरसंवैधानिक भएको भन्दै बैठकले आपत्ति प्रकट गरेको थियो। आज पनि यसै विषयमा छलफल गर्ने र साझा धारणामा रूपमा पत्रकार सम्मेलन गर्न लागिएको नेताहरूले बताएका छन्।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल विपक्षमा छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्