दाङ,४ माघ ।
‘माया जाग्यो’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा गीतकार बिपुल पोख्रेलले रचना गरेको गीत ‘माया जाग्यो’ को म्युजिक भिडियो निर्माण गरिएको हो ।
करिव दुई दशकअघि रेडर्क भएको गीतको म्युजिक भिडियो निर्माण गरिएको हो । पोख्रेलले लेखेको गीतमा स्वर तथा संगीत माधव अनुरागी ‘चौधरी’को रहेको छ । सामाजिक परिवेश र माया प्रेममा आधारित गीतको म्युजिक भिडियोमा सुदन थापा, खुसी केसी, बिपुल पोख्रेल, पिताम्वर रिजाल, बिरु चौधरी, भुवन थापालगायतले अभिनय गरेका छन् ।
घोराहीका विभिन्न ठाउँमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियो गीतकार पोख्रेलको आफ्नै युटुव च्यानल ‘बिपुल पोख्रेल’ बाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सार्वजनिक भएपछि गीतले सामाजिक सञ्जाल फेसवुक र युटुवमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
झण्डै तीन दशकदेखि पत्रकारितामा संलग्न पत्रकार एवं गीतकार पोख्रेलका आधा दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन् । पोख्रेलको केही महिनाअघि ‘बोल, मन खोल’ गीत सार्वजनिक भएको थियो । पत्रकार देवेन्द्र बस्नेतको स्वर रहेको उक्त गीतमा दाङ निवासी बरिष्ठ संगीतकार सन्तोषले संगीत संयोजनको काम गरेका थिए ।
बिरु चौधरीले छायाँकन गरेको भिडियोको कथा तथा निर्देशन अमृतमान वलीले गरेका छन् । एओन क्रियसन प्रालीले सम्पादन गरेको म्युजिक भिडियोमा कलरको काम लक्ष्मण डाँगीले गरेका छन् ।
माया जाग्यो गीतको म्युजिक भिडियो