माघे मेलामा आज नायक पल शाह आउँदै – Kanika Khabar
Thursday, November 13Nepali News Portal

माघे मेलामा आज नायक पल शाह आउँदै

    मा प्रकाशित


‎घोराही, ८ माघ ।
दाङकाे ‎घोराही–१४ झिगौँरामा भइरहेकाे प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने भएको छ ।

‎नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा  आज नायक  पल शाह , गायिका तथा  चर्चित उद्घोषिका रुपा घर्ती मगर ,मोडेल  रूबिना अधिकारी ,गायक  तथा  उद्घोषक विजय पुन ,गायक प्रेम दिवस घर्ती मगर, गायिका सन्जिता बुढा मगर डान्सर सुरक्षा मगर , डान्सर साकिरा मगर बाल कलाकार शान अधिकारी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‎सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ ।

‎मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठ नागरिक तथा शारीरिक अपाङ्गता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाई रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्