घरको छतबाट खस्दा एकजनाको मृत्यु – Kanika Khabar
Friday, February 14Nepali News Portal

घरको छतबाट खस्दा एकजनाको मृत्यु

    मा प्रकाशित

तुलसीपुर, ८ माघ ।

दाङको तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक खत्रीका अनुसार सोमबार साँझ करिव ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–४ बनहरीस्थित सुभान पुनको घर बनाउने क्रममा दुइतला माथिबाट खसेर चौधरी गम्भिर घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ सवा ६ बजेतिर चौधरीलाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्