उत्थान केन्द्र समूहलाई ५० थान फाइबर सिरक वितरण – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

उत्थान केन्द्र समूहलाई ५० थान फाइबर सिरक वितरण

    मा प्रकाशित

दाङ ।ग्रामीण महिला उत्थान केन्द्र दाङले आज घोराही १६ स्यानी अम्बापुरमा रहेको शिबिर महिला उत्थान केन्द्र समूहलाई ५० थान फाइबर सिरक बितरण गरेको छ ।
शिबिर महिला उत्थान केन्द्रका प्रमुख सम्तोली चौधरीको अध्यक्षता एंव ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्य र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीको बिशिष्ट आतिथ्यमा शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आसमानी चौधरीले मुक्तकमैया शिबिर सँग ग्रामीण महिला उत्थान केन्द्रको नङ र मासु जस्तो सम्बन्ध रहेको भन्दै मुक्त कमैया शिबिरका महिलाहरुको शुरुको अवस्था र हाल आएर उहाँहरुले जोश जागँरका साथ गर्दै आएको ब्यापार, ब्यावसाय, तरकारीखेती, बाख्रापालन लगायतका पेशाले महिलाहरु आत्मनिर्भरताका साथ अगाडी बढेकोमा खुसी ब्यक्त गर्दै धन्यबाद दिनुभएको थियोे । साथै कार्यक्रममा बोेल्दै प्रमुख अतिथि चौधरीले आगामी दिनमा त्यस क्षेत्रमा रहेका बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्ने बताउदै सो समुह सँग ग्रामीण महिला उत्थान केन्द्र सदैब साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.का कर्जा बिभाग प्रमुख शुसीला गिरिले स्वागत तथा कार्यक्रमको उदेष्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा बोल्दै शिबिरका सदस्य साबि चौधरीले आफुले १ कक्षा पनि नपढेको र कमैया मुक्त भएपछि समुदायमा भिज्न गाह्रो हुँदाका बखत ग्रामीण महिला उत्थान केन्द्रले प्रौढ शिक्षाको आयोजना गरी आफुलाई अक्षर चिन्ने बनाएकोमा धन्यबाद दिनुभएको थियो, यसैगरी समुहमा आवद्ध गराई आफुहरुलाई सानोतिनो ब्यापार, ब्यवसाय गर्न सिकाई आत्मनिर्भर बनाएकोमा संस्थालाई हृदयदेखी धन्यबाद दिनुभएको थियो । कार्यक्रममा क्रमशः आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.का प्रमुख कार्यकारि अधिकृत सोगत बीर चौधरी, घोराही शाखाका शाखा प्रबन्धक तृष्णा चौधरी र आन्तरिक लेखा परिक्षक निर्मल चौधरी लगायतले आफनो भनाई राख्नुभएको थियो ।
फस्र्ट माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लि.को संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्र्तगत आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.मा आवद्ध शिबिर महिला उत्थान केन्द्रका ५० जना महिला समुहलाई ५० थान फाईबर सिरक बितरण गरिएको हो भने कार्यक्रमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्