दाङ, १९ माघ ।
अध्ययन मञ्च दाङले विद्यार्थी माझ ‘पुस्तक किन पढ्ने’ शृङ्खला सुरु गरेको छ । शुक्रवार घोराही उपमहानगरपालिका–१६ स्थित ज्ञानमाला एकेडेमी पुगेर मञ्चले कार्यक्रमको पहिलो शृङ्खला सुरु गरेको अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले बताए ।
यसखाले अभियानले पाठक निर्माण गर्ने बिसीको भनाइ छ । पुस्तक किन पढ्ने भन्ने हाम्रो अभियानले विद्यार्थीलाई पुस्तक पढ्नुका अनेक फाइदाबारे जानकारी दिने उनले बताए । डिजिटल आतङ्कबाट बालबालिका जोगाउन बल मिल्ने उनी बताउँछन् । ‘पठन संस्कृतिको जग बसाल्ने छ’, प्रशिक्षक थम्मन बस्नेतले भने । यस्ताखाले कार्यक्रममा विद्यार्थीको रुचि देखिएको विद्यालयका प्रधानाध्यापक महेश बस्नेतले बताए ।
कक्षा ५ देखि १० सम्मका विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रम मञ्चका संयोजक सूर्य बिसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण महेश बस्नेतले गरेका थिए ।