दाङ, १९ माघ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले ३१ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वबोधको काम गरेको छ । ३१ औँ स्थापना दिवसको अवसरमा विद्यालयले जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित घोराही १६ तेह्रौटेस्थित वृद्धाश्रममा खाद्य सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयका विद्यार्थी र शिक्षकहरूले संयुक्त रुपमा उ सामग्रीहरु हस्तान्तरण गरेका थिए । चामल, दाल, चिनी, नुन, तेल तथा फलफूल लगायतका सामग्रीहरु सहयोग स्वरूप प्रदान गरिएको विद्यालयका प्रिन्सिपल पोषण न्यौपानेले जानकारी दिएका छन् ।
प्रिन्सिपल न्यौपानेले समाजसेवा तथा मानव सेवा उत्कृष्ट कार्य रहेको बताउँदै आफ्ना विद्यार्थीहरूलाई समेत उक्त कार्यमा लाग्नका लागि प्रेरित गरेका थिए ।